१० महिनामा ८ खर्बभन्दा धेरै रेमिट्यान्स भित्रियो, श्रम स्वीकृति लिने ६० प्रतिशतले घटे

 जेठ ३१, २०७८ सोमबार १६:१३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चालु आर्थिक वर्षको १० महिनामा आठ खर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि वैशाखसम्म आठ खर्ब नौ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको र यो रकम गएको वर्षको पहिलो १० महिनाको तुलनामा १९ दशमलव दुई प्रतिशतले धेरै हो ।

अमेरिकी डलरमा पनि रेमिट्यानस १६ दशमलव एक प्रतिशतले बढेर ६ अर्ब ८७ करोड  रुपैयाँ पुगेको छ ।

रेमिट्यान्स बढे पनि नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या भने घटेको छ । १० महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति नयाँ लिने नेपालीको सङ्ख्या ६० दशमलव ३ प्रतिशतले घटेको छ ।

यस्तै वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या पनि ४९ प्रतिशतले घटेको छ ।  

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया