पोर्चुगलले हङ्गेरीलाई हराउँदा क्रिस्टियानो रोनाल्डोको कीर्तिमान

 असार १, २०७८ बुधबार ०:०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : ट्विटर/यूईएफए युरो २०२०

काठमाण्डौ - १६ औँ संस्करणको युरो कपमा साविक विजेता पोर्चुगलले हङ्गेरीलाई हराउँदै विजयी सुरुवात गरेको छ । फिरेन्स पुस्कास स्टेडियममा भएको खेलमा पोर्चुगलले हङ्गेरीलाई तीन-शून्यले हराएको हो ।

पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले दुई तथा राफेल गिउरिरोले एक गोल गरे । पहिलो हाफ बराबरीमा सकिए पनि पोर्चुगलले दोस्रो हाफमा तीन गोल गरेको हो ।

आजको खेलमा दुई गोल गरेका रोनाल्डो युरो इतिहासमा सर्वाधिक गोल गर्ने सर्वकालिक खेलाडी बनेका छन् ।

यस्तै रोनाल्डो पाँचौँ पटक पुरुष युरो कप खेल्ने पहिलो खेलाडी बनेका छन् ।
 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • रवि रन्जित

    June 16, 2021, 3:16 p.m.

    रोनाल्डोलाइ संचार माध्यमले स्थान दिए जस्तै हाम्रा नेपाली खेलाडीहरुलाइ संचार माध्यममा स्थान दिन किन कन्जुस्याइँ गर्ने होला?हुन त रोनाल्डो अन्तर्राष्ट्रिय जगतमा ख्यातिप्राप्त खेलाडी हुन र उनलाइ सम्पुर्ण सुबिधा प्राप्त छ, यस्तै नेपाली खेलाडीमा पनि उनी भन्दा उत्कृष्ट कला प्रदर्शन गर्नसक्ने क्षमता नभएको होइनन् तर खेलक्षेत्रमा राजनीति नियुक्ति हुने अनियमितताका कारण खेलकुद क्षेत्रका साथै खेलाडीमा अन्यौलता छाएको हुनाले खेलकुद क्षेत्र खस्किन्दै गएको आभास भएको छ, यदि नेपाली खेलाडीलाई पनि बिदेशमा जस्तै सुबिधा प्रदान गरि खेलजगतलाइ चुस्त र दुरुस्त पार्न सकेको खण्डमा नेपालमा पनि कयौं कृस्टियानो रोनाल्डो जन्मनेछन, धन्यवाद जय मातृभुमी नेपाल ।

  •  0 Reply
  • Geeta Sharma

    June 16, 2021, 6:03 a.m.

    रोनाल्डो

  •  0 Reply

तपाईको प्रतिक्रिया