‘बाढी–पहिराेकाे जाेखिमसँगै काेराेना सङ्क्रमण र पानीजन्य राेगबाट बचाैँ’

 असार ३, २०७८ बिहिबार २०:३५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले बाढी र पहिरोको जोखिमसँगै कोभिड–१९ सङ्क्रमण लगायत पानीजन्य रोगहरू बढ्न सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह–प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले आज विज्ञप्ति निकालेर केही दिनदेखि परिरहेको वर्षाका कारण धेरै बाढी र पहिरो जाँदा पानीका मुहान दूषित हुने र सरसफाइसम्बन्धी जनस्वास्थ्यका समस्याहरु बढ्न सक्ने भन्दै सचेत रहन आग्रह गर्नुभएको हो ।

बाढी र पहिरोको जोखिमसँगै कोभिड–१९ सङ्क्रमण, पानीजन्य तथा लामखुट्टेको टोकाइका कारण लाग्ने रोगको जोखिम बढेको उहाँले बताउनुभएको छ । यस्तै उद्धार, राहत आदि कार्यहरूमा जुट्दा कोभिड–१९ काे सङ्क्रमणबाट बच्न जनस्वास्थ्यका मापदण्डकाे ख्याल गर्न र सफा पिउने पानीको प्रबन्ध गर्न, उपयुक्त गाँस र बासको प्रबन्धसँगै, सरसफाइमा ध्यान दिन अनुरोध गरिएको छ ।

यसैबीच स्वास्थ्य मन्त्रालयले  बाढी र पहिरोमा परि घाइते भएकाको उपचारका लागि आवश्यक सबै प्रबन्ध मिलाउने काम गरिरहेको पनि जनाएको छ ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया