खाद्यान्न सङ्कट बढेकाेमा उत्तर कोरियाली नेता किमको चिन्ता

 असार ४, २०७८ शुक्रबार ५:५२:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - उत्तर कोरियाका नेता किम जोङ उनले आफ्नो देशमा खाद्य सङ्कट बढेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । शीर्ष नेताहरुको बैठकमा नेता किमले देशको खाद्य अवस्था तनावपूर्ण बन्दै गएको बताउनुभएको बीबीसीले जनाएको छ । गएकाे वर्ष आँधीका कारण आएको बाढीले खेतिपातीमा क्षति भएकाले कृषि क्षेत्रले देशको माग धान्न नसकेको उहाँले बताउनुभयो ।

उत्तर कोरियामा खाद्यान्न, फलफूल र तरकारीलगायतका कृषि उपजको मूल्य धेरै बढेको छ । उत्तर कोरियामा एक किलो केरा स्थानीय तीन हजार वनमा बिक्री भइरहेको बीबीसीले जनाएको छ । उत्तर कोरियाले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि आफ्नो सीमा बन्द गरेको छ ।

सीमा बन्द हुँदा चीनसँगको उसको व्यापारिक गतिविधि ठप्प छ । खाद्यान्न, मलखाद तथा उर्जाका लागि उत्तर कोरिया चीनमा निर्भर रहँदै आएको छ । यस्तै परमाणु कार्यक्रमका कारण लागेको अन्तर्राष्ट्रिय प्रतिबन्धले पनि उत्तर कोरिया समस्यामा छ ।

बैठकमा किम जोङले केही समयमै खाद्यान्न अभाव ठूलो समस्याका रुपमा आउने भन्दै मागअनुसारको उत्पादनमा जोड दिने गरी नीति बनाउन सम्बधित अधिकारीलाई निर्देशन दिनुभएकाे बीबीसीले जनाएको छ । बैठकमा अमेरिका र दक्षिण कोरियासँगको सम्बन्धका बारेमा पनि छलफल सुरु भएको बताइएको छ ।

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया