युरो कप फुटबलमा स्विजरल्यान्डको पहिलो जित, शाकिरीले गरे दुई गोल

 असार ६, २०७८ सोमबार ५:१७:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - युरो कप फुटबलमा स्विजरल्यान्डले पहिलो जित निकालेको छ । गएराति भएको समूह चरणको अन्तिम खेलमा टर्कीलाई ३–१ गोलले हराउँदै स्विजरल्यान्डले पहिलो जित निकालेको हो ।

स्विजरल्यान्डलाई जित दिलाउन जद्रान शाकिरीले दुई र हरिस सेफेरोभीले एक गोल गरे । टर्कीका इरफान केभाचीले एक गोल फर्काए ।

खेलको छैटाैं मिनेटमा स्विजरल्यान्डका हरिसले गोल गरे । २६ औं मिनेटमा शाकिरीले गोल गर्दै स्विजरल्यान्डलाई २–० गोलको अग्रता दिलाए । ६२ औं मिनेटमा टर्कीका इरफानले गोल गरेका थिए । फेरि खेलको ६८ औं मिनेटमा शाकिरीले गोल गरेर स्विजरल्यान्डलाई ३–१ को जित दिलाए ।

समूह 'ए' मा रहेको स्विजरल्यान्डले ३ खेलमा ४ अङ्क जोडेको छ । वेल्ससँग गोल अन्तरमा पछि पर्दा उ दोस्रो स्थानमा रहन भने सकेन । टर्की भने अङ्कविहीन बन्दै समूह चरणबाट बाहिरिएको छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया