अमेरिकाको फ्लोरिडामा १२ तले आवासीय भवन भत्किँदा एक जनाको ज्यान गयो, ९९ बेपत्ता

 असार ११, २०७८ शुक्रबार ६:५:४९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकाको फ्लोरिडामा आवासीय भवन भत्किँदा एक जनाको ज्यान गएको छ । ३५ जनाको उद्धार भएको छ ।

फ्लोरिडाको मायामी शहरमा १२ तलाको एक आवासीय भवन भत्किएको हो । भवन भत्किनुको कारण भने खुलेको छैन । भवन भत्किँदा त्यहाँ कति जना थिए भन्ने बारे खुलेको छैन । भवनमा बस्दै आएकामध्ये ९९ जना हराइरहेका बीबीसीले जनाएको छ ।

त्यहाँ उद्धारको काम भइरहेको छ । सन् १९८० मा बनेको यो भवनमा २ सय ३० वटा फ्ल्याट छन् । यसमध्ये आधाजसो भागमा असर परेको खबरमा उल्लेख गरिएको छ । भवनको छतमा निर्माणको काम भइरहेका बेला भवन भत्किएको हो ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया