युरो कप : अस्ट्रियालाई हराउँदै इटली क्वार्टर फाइनलमा

 असार १२, २०७८ आइतबार ५:२९:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इटली युरो कप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । इङ्ग्ल्यान्डको वेम्बली स्टेडियममा गएराति भएको खेलमा अस्ट्रियालाई अतिरिक्त समयमा २–१ गोलले हराउँदै इटली अन्तिम आठमा पुगेको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा इटलीलाई जित दिलाउन फेडरिको चिसा र माटियो पेसिनाले एक/एक गोल गरे । अस्ट्रियाका सासा कलाडिज्कले एक गोल फर्काए ।

यो जितसँगै इटलीले ३१ खेलमा अपराजित रहने टिमको कीर्तिमान समेत बनाएको छ। अस्ट्रिया भने प्रतियोगिताबाट बाहिरिएको छ । इटलीले क्वार्टर फाइनलमा बेल्जियम र पोर्चुगलबीचको विजेतासँग खेल्नेछ । समूह चरणमा इटलीले ३ खेलमा ९ अङ्क जोडेको थियो । समूह चरणमा अस्ट्रियाले ३ खेलमा ६ अङ्क जोडेको थियो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया