जर्जियाको एक स्की रिसोर्टमा ११ जना भारतीय नागरिकसहित १२ जनाक...
पुस २, २०८१ मंगलबार
काठमाण्डाै - काठमाण्डाै उपत्यकामा फेरि एक हप्ता निषेधाज्ञा लम्ब्याउने तयारी भएको छ । कोरोना भाइरसको सङ्क्रमण केही कम भए पनि जोखिम उस्तै रहेकाले थप एक हप्ता लम्ब्याउने तयारी भएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
निषेधाज्ञाका बारेमा निर्णय गर्न दिउँसो चार बजे तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै छ । निषेधाज्ञा थप खुकुलो बनाउने बारे छलफल भइरहेको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो । अहिले निजी गाडी र ट्याक्सीमा जोर–बिजोर प्रणाली लागू गरिएको छ । यस्तै, तरकारी तथा फलफूलका पसल बिहान ११ बजेसम्म खोल्न दिइएको छ भने पुस्तक पसल पनि बिहान ११ बजेसम्म खुल्दै आएको छ । त्यसैगरी निश्चित समय तोकेर हार्डवेयरलगायत अन्य पसल पनि खोल्न दिइएको छ ।
सार्वजनिक गाडी, विद्यालय, मठ–मन्दिर, पार्टी प्यालेसलगायतमा प्रतिबन्ध कायमै छ । अब थप हुने निषेधाज्ञामा सार्वजनिक गाडी खुलाउने/नखुलाउने भन्नेबारे आज छलफल हुनेछ । विज्ञले सङ्क्रमणको जोखिम कायमै रहेकोले सार्वजनिक गाडी खुलाउन हतार नगर्न सुझाव दिएका छन् । तर, यातायात व्यवसायीले लामो समयदेखि गाडी थन्किँदा समस्यामा परेको भन्दै खुलाउन माग गर्दै आएका छन् ।
काठमाण्डौ उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा छ । पछिल्लो पटक थपिएको निषेधाज्ञा भोलि राति १२ बजेदेखि सकिँदै छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।