अपहरणमा परेकी आठ महिनाकी बालिकाको शव भेटियो

 भदौ ११, २०७५ सोमबार १४:४२:२० | धनवीर महतो
unn.prixa.net

महोत्तरी – महोत्तरीबाट अपहरणमा परेकी ८ महिने बालिका सोनाली चौधरीको शव फेला परेको छ ।

पसलबाट हराएको २० घण्टापछि बालिका मृत अवस्थामा भंगहा नगरपालिका ७ स्थित चौरीमा फेला परेको स्थानीयवासीले जनाएका छन् । सोमबार दिउँसोको समयमा खोजी गर्ने क्रममा बालिका मृत अवस्थामा भेटिएको महोत्तरीका प्रहरी उपरीक्षक इश्वर कार्कीले बताउनुभयो । अहिले घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।

औरही नगरपालिका १ मा संचालित सिद्धान्त फेन्सी स्टोर्सका सञ्चालक सन्तोष चौधरीका ८ महिने छोरी सोनाली चौधरीलाई नचिनेको व्यक्तिले खेलाउन लैजान्छु भन्दै आइतबार साँझ अपहरण गरेका थियो । 

– ८ महिने बालिका हुनुपर्नेमा ८ वर्षीया भएकाेमा सच्चाइएकाे छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया