आईएमई फाउन्डेसनद्वारा शुक्रराज अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

 असार १३, २०७८ आइतबार १८:३७:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आईएमई फाउन्डेशनले शुक्रराज सरुवा रोग अस्पताललाई अक्सिजन उत्पादन प्लान्ट स्थापनाका लागि उपकरण हस्तान्तरण गरेको छ । आईएमई फाउन्डेशनका संरक्षक तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा आईएमई ग्रुपका प्रबन्ध निर्देशक तथा फाउन्डेशनका अध्यक्ष हेमराज ढकालले शुक्रराज सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा शनिवार उपकरण हस्तान्तरण गर्नुभएको हो ।

यसअघि नेशलन बिजनेस इनिशिएटिभ र आईएमई फाउण्डेशनबीच शुक्रराज सरुवा रोग अस्पतालमा अक्सिजन उत्पादन प्लान्ट स्थापनाका लागि उपकरण उपलब्ध गराउने सम्झौता भएको थियो । फाउन्डेशनले अक्सिजन प्लान्ट स्थापनाका लागि एक करोड २८ लाख रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएको हो ।

यसका साथै आईएमई फाउन्डेशनले कोभिड–१९ को रोकथाम तथा उपचारका लागि झन्डै तीन करोड रुपैयाँ बराबरको स्वास्थ्य उपकरण सरकारलाई प्रदान गरिसकेको छ । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया