त्रिदेशीय महिला टी–२० शृङ्खलामा आज नेदरल्यान्ड्स र थाइल्यान्ड खेल्दै
माघ २४, २०८१ बिहिबार
महोत्तरी – २३ दिनदेखि बेपत्ता भनिएकी लोहारपट्टी नगरपालिका ७ की २६ वर्षीया सुजिता ठाकुरको शव आफ्नै खेतमा गाडिएको अवस्थामा भेटिएकाे छ । सुजिताका माइती पक्षले मुकेश (सुजिताका श्रीमान्) कै खेतमा छोरीको कपाल भेटिएको दाबी गरेपछि प्रहरीले घटनास्थलमा पुगेर खन्ने क्रममा सुजिताको शव भेटिएकाे हो ।
पीडित पक्षले गएकाे हप्ता बेपत्ता छाेरीका ससुरा ५० वर्षीय पतिराम ठाकुर, देवर २६ वर्षीय रूपेश ठाकुर र देवरानी २५ वर्षीया रोमी ठाकुरविरुद्ध प्रहरीमा किटानी जाहेरी दिन खोजेकोमा तत्काल प्रहरीले जाहेरी लिन नमानेकाे माइती पक्षकाे भनाइ छ । त्यसपछि सुजिताको खाेजी हुँदै आएको थियो ।
मृतकका भाइ शिवम् पाण्डेले यसअघि ससुराली पक्षले सुजितालाई विभिन्न बहानामा कुटपिट गर्दै आएको बताउनुभयो । उहाँले दुई हप्ताअघि फेसबुकमा लाइभ आएर आफ्नो दिदीको हत्या भएको र उनको शव बेपत्ता पारेको हुन सक्ने जनाउनुभएको थियो ।
केही वर्षअघि नै सुजितालाई परिवारजनले हत्या गर्ने प्रयास गरेकाे तर त्याे घटना प्रहरीले छलफल गरी मिलाएको अभियन्ता गुन्जा रायले आराेप लगाउनुभयाे ।
महोत्तरीका एसपी दिनेश आचार्यले अहिले घटनाकाे अनुसन्धान भइरहेकाले केही भन्न नसकिने बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।