बेल्जियमलाई हराउँदै इटली युरो कपको सेमिफाइनलमा

 असार १८, २०७८ शनिबार ५:३१:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बेल्जियमलाई हराउँदै इटली युरो कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति जर्मनीको एलिनाज स्टेडियममा भएको खेलमा बेल्जियमलाई २–१ गोल अन्तरले पराजित गर्दै इटली अन्तिम चारमा प्रवेश गरेको हो ।

इटलीलाई जित दिलाउन निकोलो बरेला र लोरेन्जो इन्सिनेले एक/एक गोल गरे । यस्तै बेल्जियमका रोमेलु लुकाकुले एक गोल फर्काए । यो  जितसँगै इटलीले ३२ खेलमा अपराजित रहने टिमको कीर्तिमान समेत बनाएको छ । अब इटलीले सेमिफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । 

स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम चारमा पुगेको हो । गएराति भएको स्पेन र स्विट्जरल्याण्डको खेल निकै रोमाञ्चक हुँदै पेनाल्टी शुटआउटमा पुगेको हो । खेलको आठौँ मिनेटमा नै स्विट्जरल्यान्डले आत्मघाती गोल गर्दा स्पेन पहिलो हाफमा एक–शून्यले अगाडि रहेको थियो । त्यसपछि खेलको ६८ औँ मिनेटमा स्विट्जरल्यान्डले गोल गर्दै बराबरीमा राख्यो ।

स्विट्जरल्यान्डका रहेको फ्रियुलर रेड कार्ड पाउँदै मैदानबाहिर गएपछि टिम केही दबाबमा देखिएको थियो । खेलको एक सय २० मिनेटसम्म पनि कुनै टिमले थप गोल गर्न नसकेपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया