रुसका राष्ट्रपति र इजरायलका प्रधानमन्त्रीबीच फोनवार्ता : छिटै भेटवार्ता गर्ने सहमति

 असार २२, २०७८ मंगलबार ६:१:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र इजरायलका प्रधानमन्त्री नफ्ताली बेनेटबीच साझा सुरक्षाका विषयमा छलफल भएको छ ।

उहाँहरुबीच पहिलो फोन वार्ता भएको र महत्त्वपूर्ण विषयमा छलफल भएको इजरायली प्रधानमन्त्री बेनेटको कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ । साथै फोनवार्तामा दुई नेताबीच छिट्टै भेटवार्ताका लागि सहमति बनेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । बेनेटले सत्ता सम्हालेपछि रूसी नेता पुटिनसँग पहिलो फोन वार्ता भएको हो ।

दुई नेताहरुबीच साझा सुरक्षा र कूटनीतिक मुद्दाहरूबारे छलफल भएको हो । रूसले क्षेत्रीय स्थायित्व कायम गर्न तथा अपहरण र बेपत्ताका घटनामा सहयोग गर्दै आएको विज्ञप्तिमा उल्लेख छ । सन् १९९० को दशकदेखि इजरायलमा बसालिएका १० लाखभन्दा बढी रूसी यहुदीको भूमिकाबारे पनि छलफल भएको इजरायली प्रधानमन्त्री बेनेटले बताउनुभएको छ ।

साथै रुसी राष्ट्रपति पुटिनले ‘दुई देशबीचको पुल’को रूपमा काम गर्नेमा पनि बेनेटले विश्वास व्यक्त गर्नुभएको छ ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया