पर्वतमा बाढीले बगाएका दुई जना दिनभरि खाेजी गर्दा पनि भेटिएनन्

 असार २३, २०७८ बुधबार १९:३५:१२ | सन्तोष थापा
unn.prixa.net

पर्वत – पर्वतमा बाढीले बगाएका दुई जना अझै भेटिएका छैनन् । मध्यपहाडी लोकमार्गमा काम गर्ने लामा कन्स्ट्रक्शनका साइट इन्चार्ज काठमाण्डौ जोरपाटीका राजाराम आचार्य र चालक कैलालीका इन्द्र थारुलाई हिजो गाडीसहित बाढीले बगाएको थियो ।

गाडी झन्डै डेढ किलोमिटर तल मोदी खोलामा भेटिएको तर दिनभरि खोजी गर्दा पनि दुई जनालाई भने पत्ता लगाउन नसकिएको पर्वतका प्रहरी नायब उपरीक्षक (डीएसपी) शिवराज बुढाथोकीले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।

यसअघि स्थानीयवासीले तीन जना बेपत्ता भएको बताए पनि दुई जनामात्रै बेपत्ता भएको खुलेको डीएसपी बुढाथाेकीले बताउनुभयो । 

यसैबीच कुश्मा नगरपालिका ८ दोविल्लामा रहेकाे सुन्दरे खोलामा आएको बाढीले बन्द मध्यपहाडी लोकमार्ग १६ घण्टापछि एकतर्फी रूपमा सञ्चालनमा आएकाे छ । मङ्गलवार राति ११ आएको बाढीले बन्द सडक बुधवार दिउँसाे ५ बजेपछि सञ्चालनमा आएकाे हो ।  

अन्तिम अपडेट: चैत २३, २०८०

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया