सर्जियाे रामाेस पीएसजीमा अनुबन्धित

 असार २४, २०७८ बिहिबार १६:१३:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – रियल मड्रिडका पूर्व डिफेन्डर सर्जियो रामोसलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) ले दुई वर्षका लागि अनुबन्ध गरेको छ ।

३५ वर्षीय रामोसले स्पेनी क्लबमा रियल मड्रिडमा १६ वर्ष बिताएर गएको जुनमा क्लब छाडेका थिए । रियलबाट ६ सय ७१ खेल खेलेका रामोस पाँच पटक ला लिगा उपाधि र चार पटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए । रामोस् सन् २००५ मा सेभियाबाट रियल मड्रिड पुगेका थिए । 

‘पेरिस सेन्ट जर्मेइनमा जोडिन पाउँदा म निकै खुसी छु’, रामोसले भने, ‘यो मेरो जीवनमा ठूलो परिवर्तन हो, नयाँ चुनौती र यो दिनलाई मैले भुल्ने छैन ।’  

पीएसजीका अध्यक्ष र प्रमुख कार्यकारी नसीर अल–खेलाइफीले भने, ‘पेरिस हाम्रो युगको एक महान् खेलाडीलाई स्वागत गर्दछ ।’ 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया