नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १ सय ...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - द हन्ड्रेड क्रिकेट प्रतियोगिता खेल्न नेपाली बलर सन्दीप लामिछाने बेलायत गएका छन्। गएराति बेलायत प्रस्थान गरेका सन्दीप त्यहाँ १० दिन क्वरेण्टीनमा बस्नेछन्।
उनको दुई पटक कोरोनाको पीसीआर परीक्षण हुनेछ । जसमा नेगेटिभ रिपोर्ट आएपछि सन्दीप टिममा सामेल हुनेछन् । द हन्ड्रेड प्रतियोगितामा सन्दीप ओभल इन्भिन्सिबलबाट खेल्नेछन् ।
यो प्रतियोगिता आउँदो २२ तारिखदेखि हुनेछ । यसअघि बेलायतको भिसा ढिला आएको कारण सन्दीपले भाइटालिटी टी–ट्वान्टी ब्लास्ट क्रिकेट भने गुमाएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।