देशका धेरै ठाउँमा आज दिनभरि नै पानी पर्ने : तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

 असार २७, २०७८ आइतबार ६:०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - देशका धेरै ठाउँमा पानी परिरहेको छ । प्रदेश एक, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिनभरि नै धेरै ठाउँमा पानी पर्ने महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो ।

हिजो बेलुकादेखि मनसुन थप सक्रिय भएसँगै काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको हो । आउँदो तीन दिनसम्म नै मनसुन सक्रिय रहने महाशाखाको अनुमान छ । अहिले ठूलो पानी परेका क्षेत्र प्रदेश एक, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमको मध्यपहाडी तथा चुरे भइ बहने स–साना नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव हुनसक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरुमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया