पाकिस्तानसँगको तीन खेलको एक दिवसीय क्रिकेट श्रृङ्खला इङ्ग्ल्यान्डलाई

 असार २७, २०७८ आइतबार ६:७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पाकिस्तानसँगको तीन खेलको एक दिवसीय क्रिकेट श्रृङ्खला एक खेल अगाडि नै इङ्ग्ल्यान्डले जितेको छ । लड्र्समा भएको दोस्रो एक दिवसीयमा पाकिस्तानलाई ५२ रनले हराउँदै इङ्ग्ल्यान्डले श्रृङ्खला जितेको हो।इङ्ग्ल्यान्डले २–० को अग्रता बनाएको छ ।

इङ्ग्ल्यान्डले दिएको २ सय ४८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पाकिस्तान ४१ ओभरमा अलआउट हुँदै १ सय ९५ रनमा समेटियो । पाकिस्तानका लागि साउद शकिलले ५६ रनको अर्धशतकीय पारी खेले पनि जिताउन सकेनन् । इङ्ग्ल्यान्डका लेविस ग्रेगोरीले ३ विकेट लिए  । त्यस्तै क्रेग ओभर्टन, सकिब मोहमुद र माट पार्किनसनले २/२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले ४५ ओभर २ बलमा अलआउट हुँदै २ सय ४७ रन बनाएको थियो । इङ्ग्ल्यान्डका फिल साल्टले ६० रन तथा जेम्स भिन्सले ५६ रनको अर्धशतकीय पारी खेले । पाकिस्तानका हसन अली एक्लैले ५ विकेट लिए ।

हरिस राउफले २ विकेट लिए । दुई टोलीबीचको अन्तिम तथा तेस्रो एकदिवसीय मंगलवार हुनेछ । तीन खेलको एक दिवसीय र तीन खेलको टी–२० शृङ्खला खेल्न पाकिस्तान इङ्ल्यान्ड भ्रमणमा रहेको छ  ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया