अफगानिस्तानमा कुल जनसङ्ख्याको आधा मानिसलाई मानवीय सहायता आवश्यक : राष्ट्रसङ्घ

 असार २९, २०७८ मंगलबार ६:३६:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - द्वन्द्वग्रस्त अफगानिस्तानमा कुल जनसङ्ख्याको आधा मानिसलाई मानवीय सहायता आवश्यक रहेको तथ्य सार्वजनिक भएको छ ।

संयुक्त राष्ट्रसङ्घीय निकायले निरन्तर हिंसात्मक घटना भइरहेकाले देशको कुल जनसङ्ख्याको आधा मानिसलाई मानवीय सहायता आवश्यक रहेको तथ्य सार्वजनिक गरेको हो । 

मानवीय सहायता आवश्यक परेकामध्ये पाँच वर्षमुनिका बालबालिका अग्रसूचीमा रहेका छन् । अफगानिस्तानका धेरै बालबालिकालाई कुपोषणको समस्या रहेको राष्ट्रसङ्घीय निकायले जनाएको छ ।  

त्यसैगरी कोरोना भाइरसलगायतका सङ्क्रामक रोग तथा विभिन्न प्रकोपका कारण पनि मानवीय सहायताको आवश्यकता बढेको अफगानिस्तानका लागि राष्ट्रसङ्घको महासचिवका उपविशेष प्रतिनिधि रामिज अल्काब्रोभले बताउनुभएको एएनआईले जनाएको छ।

पछिल्लो पटक आक्रमणका घटनाहरु भइरहेकाले मानवीय सहायता आवश्यक पर्नेहरुको सङ्ख्या बढ्दै गइरहेको उहाँको भनाइ छ । मानवीय सहायता आवश्यक परेका मानिसलाई सहयोगका लागि आह्वान समेत गरिएको छ ।
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया