नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १ सय ...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - अस्ट्रेलियासँगको पाँच टी–ट्वान्टी क्रिकेट श्रृङ्खला घरेलु टोली वेस्ट इन्डिजले दुई खेल अगाडि नै जितेको छ । आज बिहान भएको खेलमा अस्ट्रेलियालाई ६ विकेटले हराउँदै वेस्ट इन्डिजले श्रृङ्खला जितेको हो । अस्ट्रेलियाले दिएको १ सय ४२ रनको लक्ष्य वेस्ट इन्डिजले १४ ओभर ५ बलमा ४ विकेट गुमाउँदै भेट्टायो ।
वेस्ट इन्डिजका क्रिस गेलले ६७ रनको अर्धशतकीय पारी खेले । योसँगै गेलले टी–ट्वान्टी क्रिकेटमा १४ हजार रन पनि पूरा गरेका छन् । कप्तान निकोलस पुरन ३२ रनमा अविजित रहे । अस्ट्रेलिया राइली मेरिडिथले तीन तथा मिचेल स्टार्कले एक विकेट लिए ।
यसअघि सेन्ट लुसियामा टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो । अस्ट्रेलिया मोइजेस हेनरिक्सले सर्वाधिक ३३ रन बनाए । त्यस्तै कप्तान आरोन फिन्चले ३०, एस्टन टर्नरले २४, म्याथ्यु वेडले २३ रन जोडे । वेस्ट इन्डिजका हेडेन वाल्स जुनियरले २ विकेट, ड्वेन ब्राभो, फबिएन एलेन र ओबेद म्याककोयले एक/एक विकेट लिए ।
पहिलो खेलमा वेस्ट इन्डिज १८ र दोस्रो खेलमा ५६ रनले विजयी भएको थियो । चौथो खेल बिहीवार हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।