बारामा बाल विवाहमा संलग्न तीन जना पक्राउ

 असार ३१, २०७८ बिहीबार ६:१५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

बारा - बारामा बाल विवाह गर्ने/गराउने तीन जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । १७ वर्षकी एक बालिकालाई २४ वर्षका पुरुषसँग विवाह गराएको आरोपमा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ५ का महेश सहनी र पकाहामैनपुर गाउँपालिका वडा नम्बर १ बस्ने ठग सहनीले आपसी सहमति गरेर २४ वर्षका विशाल सहनीको बिहे १७ वर्षकी बालिकासँग गराएका थिए । गएको १७ गते भुटनदेवी मन्दिरमा बिहे गराएको सूचना पाएपछि प्रहरीले तीनै जना अभियुक्तलाई खोजी गरिरहेकोमा हिजो पक्रन सफल भएको जनाएको छ ।

उनीहरुलाई मुलुकी अपराध संहिताको दफा १७३ विपरीत विवाह सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको छ । यस्तै पर्सा जिल्लाका विभिन्न ठाउँमा २० वर्ष पूरा नभएका युवायुवतीले बालविवाह गर्ने तथा अभिभावकहरूले गराउने गरेको भन्ने जानकारी आएकोमा गम्भीर ध्यानाकर्षण भएको प्रहरीले जनाएको छ ।

बालविवाह गर्न लागेको, गरिरहेको वा गरेको जानकारी पाएमा तत्काल खबर गर्न समेत प्रहरीले अनुरोध गरेको छ।

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया