युराेपमा पेट्राेलबाट चल्ने कार हटाउनेदेखि हवाई इन्धनमा थप कर लगाउनेसम्मकाे प्रस्ताव तयार

 असार ३१, २०७८ बिहीबार ६:३८:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जलवायु परिवर्तनलाई घटाउन लागि युरापेली युनियनले २० वर्षे प्रस्ताव तयार पारेको छ । सन् २०५० सम्म कार्बनउत्सर्जनमा व्यापक कटौती गर्ने योजना अनुसार युनियनले दर्जनौँ कार्यक्रमसहितको प्रस्ताव गरेको बीबीसीले जनाएको छ । यो प्रस्ताव युरोपेली युनियनको संसदले पास गरेपछि लागू हुनेछ ।

हवाई इन्धनमा कर लगाउनेदेखि अबको २० वर्षमा डिजेल र पेट्रोलबाट चल्ने कारलाई प्रतिबन्ध लगाउनेसम्मका योजना प्रस्तावमा समेटिएको छ । यस्तै युरोपभरि नवीकरणीय उर्जाको प्रयोग, अनावश्यक र प्रदूषणजन्य उद्योग बन्द, वातावरणमा तापक्रम बढाउने गतिविधिमा कमी लगायतका कार्यक्रम पनि प्रस्तावमा उल्लेख छन् ।

युरोपियन युनियनका प्रमुख उर्सुला भोनदर लेयेनले प्रस्ताव कार्यान्वयनमा आएमा युरोपको मात्रै नभएर संसारकै नागरिकको स्वास्थ्यमा सुधार आउने र अहिलेभन्दा खुसी हुने दाबी गर्नुभएको खबरमा उल्लेख छ । यो प्रस्तावले आउँदा कयौँ पुस्ताहरुलाई पनि वातावरण सन्तुलित राख्न प्रेरित गर्ने प्रमुखको भनाइ छ ।

अन्तिम अपडेट: माघ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया