एक हजार करोडको ‘महाभारत’मा आमिर खानले प्रभासलाई राखे प्रस्ताव

 भदौ १२, २०७५ मंगलबार १८:२८:५४ | एजेन्सी
unn.prixa.net

अभिनेता आमिर खानले फिल्म ‘ठग्स अफ् हिन्दोस्तान’ को छायाँकंन पूरा गरेका छन । अहिले पोष्ट प्रोडक्सनको काम सुरु भएको छ भने यो फिल्म यस वर्षको दिपावलीमा प्रदर्शन हुनेछ ।

यस फिल्मपछि आमिर खानले उनको ड्रिम प्रोजेक्ट ‘महाभारत’ को काम सुरु गर्नेछन् । 

आमिर खानले यस फिल्म निर्माणका लागि रिलायन्स एन्टरटेनमेन्टसँग सहकार्य गरेका छन् । उनलाई यो फिल्म निर्माणका लागि एक हजार करोडको बजेट दिइएको छ । यो फिल्मका लागि भारतीय व्यापारी मुकेश अम्बानीले लगानी गर्नेछन । महाभारतलाई ३ वटा भागमा निर्माण गरिनेछ । 

मंगलबार सार्वजनिक भएका खबरहरुका अनुसार आमिर खान यस फिल्मका लागि कलाकारहरुको छनौटमा लागिसकेका छन । आमिरले ‘महाभारत’ को मुख्य भूमिकाको लागि अप्रोच गरेका छन । प्रभासलाई ‘महाभारत’ मा अर्जुनको भूमिकाको लागि प्रस्ताव राखिएको छ । 

यसअघि प्रभासलाई निर्देशक करण जोहरले पनि बलिउड फिल्मका लागि प्रस्ताव राखेका थिए तर प्रभासले जोहरको प्रस्तावलाई अस्वीकार गरिदिएका थिए । अब आमिरको यस प्रस्तावलाई प्रभासले स्वीकार्ने छन् वा छैनन् त्यो पछि नै थाहा हुनेछ ।  

प्रभासका साथै आमिर खान ‘बाहुबली’ का निर्देशक एसएस राजामौलीले नै ‘महाभारत’ को निर्देशन गरुन भन्ने पनि चाहन्छन् । यसअघि एसएस राजामौलीले समेत आफूलाई महाभारतमा आधारित फिल्म बनाउने चाहना भएको बताएका थिए । 
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया