विश्वमा कोरोना भाइरसको अझै खतरनाक भेरियन्ट फैलन सक्ने डब्ल्यूएचओको चेतावनी

 साउन १, २०७८ शुक्रबार ६:१७:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले विश्वमा कोरोना भाइरसको अझै खतरनाक भेरियन्ट फैलन सक्ने चेतावनी दिएको छ ।  डब्ल्यूएचओको इमरजेन्सी कमिटीले कोरोनाको अझै खतरनाक भेरियन्ट फैलने र यसलाई रोक्न निकै मुस्किल हुने बताएको बीबीसीले जनाएको छ ।

कोरोनाको सङ्क्रमण केही कम भएसँगै विश्वमा कोरोनाको महामारी सकिन लागेको भन्दै गलत हल्ला फैलाउन थालिएकाले यसप्रति सचेत रहन पनि डब्ल्यूएचओको आग्रह छ । डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस एड्नाम ग्रेब्रिसियसले कोरोनाको महामारी सकिनु त परको कुरा महामारी नजिक समेत नपुगेको स्पष्ट पार्नु भएको  छ ।

विश्वमा अहिले १८ करोड ९६ लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ भने कोरोनाका कारण ४० लाख ८२ हजारभन्दा धेरैको ज्यान गएको छ । कोरोना विरुद्धको खोप लगाए, बेलाबेलामा साबुन पानीले हात धोए, मास्कको अनिवार्य प्रयोग गरे र भौतिक दूरी कायम गरे मात्रै सङ्क्रमणबाट बच्न सकिने विज्ञले बताएका छन् ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया