जेलमा रहेका आफ्ना सात हजार कार्यकर्ता रिहा गर्न तालिबानको माग

 साउन १, २०७८ शुक्रबार १३:४९:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अफगानिस्तानको विद्रोही समूह तालिबानले जेलमा रहेका आफ्ना सात हजार कार्यकर्ता रिहा गर्न माग गरेको छ । पछिल्लो समय नियन्त्रण क्षेत्र विस्तार गर्दै लगेको तालिबानले तीन महिना युद्ध विराम गरेर भए पनि आफ्ना कार्यकर्ता रिहा गर्न सरकारसँग माग गरेको हो ।

तालिबानको यो प्रस्तावप्रति सरकारले कुनै प्रतिक्रिया दिएको छैन । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुन थालेसँगै तालिबानले आफ्ना गतिविधि बढाउन थालेको छ। यसैबीच आफ्ना सैनिक फर्काइरहेको अमेरिकाले अफगानिस्तानलाई सहयोग गर्ने बताएको छ । सेनालाई फिर्ता बोलाए पनि अन्य माध्यममार्फत अफगानिस्तानलाई सहयोग गर्ने अमेरिकाको रक्षा मन्त्रालयले जनाएको हो ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया