चीनबाट थप खोप आएपछि खाेप अभियानले निरन्तरता पाउने

 साउन २, २०७८ शनिबार ७:३९:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चीनबाट खोप आउनेबित्तिकै खोप अभियानले निरन्तरता पाउने भएको छ । मौज्दातमा रहेको खोप सकिएकाले काठमाण्डौमा खोप अभियान स्थगित भएको छ । 

अरु जिल्लाहरुमा प्रशासन र पालिकाको समन्वयमा केन्द्र र दिन निर्धारण गरेर खोप लगाउने काम भइरहेको छ । आउँदो ७ गतेपछि फेरि चीनबाट खोप आउन थाल्ने भएकाले अभाव नहुने खोप शाखा प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिनुभयो ।

खोप आउनेबित्तिकै यसअघि छुट्याइएको प्राथमिकताअनुसार उमेर र समूहको आधारमा खोप लगाइने उहाँले बताउनुभयो । यसअघि अर्को लटको खोप लिन वायु सेवा निगमको जहाज अस्ति चीन जाने भने पनि जहाजको तालिका परिवर्तन गरेर एक हप्ता पर सारिएको हो ।

निगमले आउँदो ६ गतेदेखि तीन उडानमार्फत नियमित खोप ल्याइने जनाएको छ । निगमकाअनुसार चीनसँग खरिद गरिएका खोप लिन ६ गते गएर ७ गते बिहान खोप लिएर जहाज नेपाल आउने छ । यस्तै साउन ७ गते फेरि जहाज गएर साउन ८ गते र साउन ९ गते गएर जहाजले साउन १० गते खोप नेपाल ल्याउने छ । यसअघि असार २५ गते आठ लाख मात्रा खोप चीनबाट ल्याइएको थियो । यसैगरी सरकारले खरिद गर्नेबाहेक कोभ्याक्स सुविधामार्फत पनि खोप ल्याइरहेको छ ।

नेपालमा अहिलेसम्म ६५ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ । सरकारले १८ वर्षभन्दा माथिका दुई करोड २० लाख जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य लिएको छ ।
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया