पश्चिम युरोपमा बाढीमा परेर ज्यान गुमाउनेको सङ्ख्या १७० पुग्यो

 साउन ३, २०७८ आइतबार ८:१६:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पश्चिम युरोपमा भारी वर्षासँगै आएको बाढीमा परेर ज्यान गुमाउनेको सङ्ख्या १७० पुगेको  छ । ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । बाढीका कारण सबैभन्दा धेरै जर्मनी र बेल्जियममा असर परेको छ । ज्यान गुमाउने १७० जनामध्ये १४३ जना जर्मनीका नागरिक रहेका खबरमा उल्लेख छ ।

बाढीका कयौँ नागरिक हराइरहेका छन् । उनीहरुको उद्धारकर्ताहरूले खाेजी गरिरहेका छन् ।  जर्मन चान्सलर एन्जेला मर्केलले आज बाढी प्रभावित क्षेत्रको अवलोकन र निरीक्षण गर्ने बीबीसीले जनाएको छ । बेल्जियममा सेनाले राहत र उद्धारको काम गरिरहेको छ । बेल्जियममा आउँदो ६ गते राष्ट्रिय शोकको घोषणा गरिएको छ ।

भारी वर्षासँगै आएको बाढीका कारण जर्मनी र बेल्जियमसँगै नेदरल्याण्ड्स, लग्जम्बर्गसहितका देश पनि प्रभावित भएका छन् । युरोपका नेताहरुले  जलवायु परिवर्तनका कारण यस्तो विपद् आएको बताएका छन् । विज्ञले जलवायु परिवर्तनकै कारण ठूलो वर्षाको सम्भावना बढ्दै गएको बताएका छन् ।
 

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया