माधव नेपाल समूहका सबै सांसदले देउवालाई विश्वासको मत नदिने

 साउन ३, २०७८ आइतबार २१:२४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा एमालेको माधव नेपाल समूहका सबै सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएका छन् । एमाले विवाद मिलाउन गठित कार्यदलका सदस्यसहित केही सांसद तटस्थ बस्न लागेका हुन् ।

घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराई, दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, नारायण खतिवडा, झपट रावल, राजबहादुर बुढा, सोमप्रसाद पाण्डे लगायतका नेताहरुले दुवै पक्षमा मतदान नगरी तटस्थ बस्ने भएका हुन् । यीमध्ये केही सांसदहरु संसद भवनबाट बाहिरिएका छन् । सांसद एवं पार्टी उपाध्यक्ष भीम रावलले भने सांसद पदबाट राजीनामा दिनुभएको छ ।

जसपाको महन्थ ठाकुर पक्षले समेत विश्वासको मत दिने निर्णय गरेकाले एमालेको माधव नेपाल समूहका सांसदले मत नदिए पनि देउवाको पक्षमा बहुमत पुग्नेछ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया