प्रधानमन्त्रीले विश्वासको मत पाएपछि संसदको चहलपहल (फोटो फिचर)

 साउन ४, २०७८ सोमबार ६:११:३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसदबाट बहुमत प्राप्त गरेपछि । 

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसदबाट बहुमत प्राप्त गरेपछि ।

प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रतिनिधि सभाको हिजोको दोस्रो बैठकमा उहाँले विश्वासको मत लिनुभएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई सङ्घीय संसदकाे बैठकबाट बहुमत प्राप्त गरेकाले बधाई तथा शुभकामना दिँदै सदस्यहरु ।

मतदानमा प्रधानमन्त्रीका पक्षमा १६५ मत र विपक्षमा ८३ मत परेको छ । मतदानमा २४९ सांसदले भाग लिनुभएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले एक जना सांसदले मतदान नगर्नुभएको जानकारी दिनुभयो । 

प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिँदै सदस्यहरु ।

विश्वासको मत पाएपछि देउवालाई सांसदहरुले बधाई तथा शुभकामना दिएका थिए ।

 नेपाल कम्युनिस्ट  पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले देउवालाई बधाई तथा शुभकामना दिँदै ।

तस्बिर : रासस

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया