श्रीलंकासँगको एक दिवसीय क्रिकेट श्रृंखला भारतलाई

 साउन ६, २०७८ बुधबार ५:५४:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – घरेलु टोली श्रीलंकासँगको एक दिवसीय क्रिकेट श्रृंखला भारतले एक खेल अगाडि नै जितेको छ ।

दोस्रो एक दिवसीय क्रिकेटमा श्रीलंकालाई तीन विकेटले हराउँदै भारतले श्रृंखलामा २–० को अग्रता बनाएको छ । कोलम्बोमा गए राति भएको खेलमा श्रीलंकाले दिएको २ सय ७६ रनको लक्ष्य भारतले ४९ ओभर १ बलमा ७ विकेट गुमाएर भेट्टायो । भारतका दीपक चाहर र सूर्यकुमार यादवले अर्धशतकीय पारी खेले । चाहरले अविजित ६९ रन बनाए । त्यस्तै यादवले ५३ रनको योगदान दिए ।

श्रीलंकाका वानिन्दु हसरंगाले ३ विकेट लिए । यस अघि आर प्रेमाडासा मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७५ रन बनाएको थियो । श्रीलंकाका लागि चारिथ आश्लन्का र अभिष्का फेर्नान्डोले अर्धशतक बनाए । आश्लन्काले ६५ तथा फेर्नान्डोले ५० रन जोडे । भारतका भुवनेश्वर कुमार र युजभेन्द्र चाहलले ३/३ तथा दीपक चाहरले २ विकेट लिए ।

पहिलो खेलमा भारत ७ विकेटले विजयी भएको थियो । तेस्रो खेल शुक्रबार हुनेछ ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया