नहरमा डुबेर एकजना महिलाकाे ज्यान गयाे

 भदौ १३, २०७५ बुधबार १०:१३:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – पश्चिम दाङमा नहरमा डुबेर एक महिलाको ज्यान गएको छ । दंगीशरण गाउँपालिका ४ मौलीकी ३५ वर्षिया शान्ता रेउलेको नहरमा डुबेर ज्यान गएको हो ।

मंगलबर दिउँसो माइतीघरबाट फर्कने क्रममा स्थानीय नहरमा डुबेर घाइते भएकी रेउलेको राप्ती अञ्चल अस्पताल तुल्सीपुरमा उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ । 

माइतीघर दाङको बैवाङबाट फर्कने क्रममा रेउले नरहमा डुबेकी थिइन् । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया