अमेरिकाका १३ राज्यका ८० ठाउँमा डढेलो

 साउन ७, २०७८ बिहीबार ५:५८:२४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकाका १३ राज्यका ८० ठाउँमा डढेलो लागेको छ । डढेलोका कारण लाखौँ हेक्टर जमिनमा नोक्सानी भएको छ भने घरसहित एक सय ६० वटा भौतिक संरचना नष्ट भएका छन् ।

अमेरिकाको ओरिगनमा इतिहासकै भयानक डढेलो लागेको त्यहाँका सरकारी अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । डढेलोका कारण त्यहाँका हजारौँ नागरिकलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ । गएको ६ तारिखदेखि लागेको आगो थप फैलिदै गइरहेको खबरमा उल्लेख गरिएको छ । तीव्र गतिमा चलेको हावाहुरीका कारण डढेलो नियन्त्रणमा कठिनाइ भएको छ । डढेलो नियन्त्रणका लागि दिन रात खटिएको अग्नि नियन्त्रकले बताएका छन् ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया