अमेरिकामा फेरि कोरोना सङ्क्रमण फैलने चेतावनी, मास्कलाई अनिवार्य गर्न सुझाव

 साउन ११, २०७८ सोमबार ६:२७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकामा फेरि कोरोनाको सङ्क्रमण फैलने चेतावनी दिइएको छ । 

वरिष्ठ स्वास्थ्य विज्ञ एन्थाेनी फाउजीले कोरोना महामारीकाे रोकथामका लागि अमेरिका गलत दिशातर्फ अगाडि बढिरहेको भन्दै खोप कार्यक्रमलाई व्यापकता बनाउनु पर्ने बताउनु भएको छ । 

कोरोना विरुद्धको खोप नलगाएकाहरुमा सङ्क्रमण बढ्दै गएकाले अवस्था फेरि भयावह हुन सक्ने उहाँको चेतावनी छ । अमेरिकामा कोरोनाको डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिरहेकाले फेरि सबैजनाले मास्क अनिवार्य लगाउनु पर्ने बेला आएको उहाँको भनाइ छ । यसका लागि उहाँले सरकारको ध्यानाकर्षण समेत गराउनु भएको छ ।  

खोपको दोस्रो डोज लगाएकाहरुलाई पनि मास्क अनिवार्य गर्नु पर्ने उहाँको सुझाव छ । राष्ट्रपति जो बाइडेनका मुख्य चिकित्सा सल्लाहकार समेत रहेका फाउजीले लस एन्जलस, काउन्टीलगायत क्षेत्रमा अहिले सङ्क्रमण बढिरहेको पनि बताउनु भएको छ । 

कोरोना विरुद्धको खोप नलगाएकाहरुले स्वास्थ्यका मापदण्ड पालनामा ध्यान नदिँदा समस्या भएको भन्दै उहाँले खोप लगाउन पनि अनुरोध गरेका बीबीसीले जनाएको छ । अमेरिकामा रोग प्रतिरोधात्मक प्रणाली कमजोर भएका, दीर्घरोगी  तथा क्यान्सर र अङ्ग प्रत्यारोपण गरेका व्यक्तिहरुमा डेल्टा भेरियन्टको सङ्क्रमण बढ्दै गएको पाइएको छ । 

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया