प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री ब्लिंकेनबीच कुराकानी : थप खोप सहयोग गर्न आग्रह

 साउन १३, २०७८ बुधबार ७:३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकासँग थप खोप सहयोग गर्न आग्रह गर्नुभएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी जाेन ब्लिंकेनसँग हिजो बेलुका भएको टेलिफोन कुराकानीमा प्रधानमन्त्री देउवाले खोप सहयोग गर्न आग्रह गर्नुभएको हो । साथै प्रधानमन्त्री देउवाले अमेरिकाले नेपाललाई कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन खोप १५ लाख डोज उपलब्ध गराएकोमा अमेरिकी सरकारलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । कोरोना भाइरसविरुद्धको खोप र अरु सहयोग साथै जलवायु परिवर्तनका बारेमा उहाँहरुबीच संवाद भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

भारतको दुई दिने भ्रमणका क्रममा रहेका ब्लिंकेनले प्रधानमन्त्री देउवालाई टेलिफोन गर्नुभएको हो । उहाँहरु नेपाल र अमेरिकाबीचको द्विपक्षीय साझेदारीका विषयमा छलफल भएको छ । प्रधानमन्त्री देउवाले पनि द्विपक्षीय हितका बारेका कुराकानी भएको सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिनुभएको छ । त्यसका साथै मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीका विषयमा पनि कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया