सर्लाहीमा नौ दिनको शिशुसहित तीन जनाको शव फेला

 साउन १३, २०७८ बुधबार १०:१३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

सर्लाही – सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीमा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ । पोखरीमा डुबेको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको वडाध्यक्ष श्याम शाहले जानकारी दिनुभयो ।

स्थानीय सञ्जीव कापडकी २६ वर्षकी श्रीमती रिकेवादेवी, १८ महिनाकी छोरी रमा र नौ दिनका छोराकाे शव सूर्यवंश चौधरीको निजी पोखरीमा फेला परेको वडाध्यक्ष साहले बताउनुभयो । गएराति घरबाट निस्केकी रिकेवादेवीको शव बिहान पोखरीमा देखेपछि घटना सार्वजनिक भएको सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

श्रीमती र बच्चा खोज्न निस्केका सञ्जीव अहिलेसम्म सम्पर्कमा नआएको पनि उहाँले बताउनुभयो । तीनै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मलङ्गवा लगिएको र हत्या वा आत्महत्याबारे अनुसन्धान भैरहेको सर्लाहीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिनुभएको छ ।

अन्तिम अपडेट: भदौ १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया