त्रिभुवन विश्वविद्यालयबाट चौध हजार दीक्षित (फोटो फिचर)
पुस १३, २०८१ शनिबार
काठमाण्डौ – वैदेशिक रोजगार विभागले सहायक कामदारको रूपमा इजरायलमा सरकारी तवर बाटै नेपाली श्रमिक पठाउनका लागि मंगलबार आवेदन दिने सूचना जारी गरेको छ ।
इजरायलको दीर्घकालीन स्याहार सेवा केन्द्रमा सहायक कामदारको रूपमा काम गर्न इच्छुक महिला र पुरुष दुवैले आवेदन दिन पाउँछन् ।
सरकारी तवर बाटै जाने कामदारको मासिक न्यूनतम तलब १६ सय डलर अर्थात् लगभग एक लाख ९० हजार रुपैयाँ हुन्छ । तर इजरायल जाने कामदारले लागत शुल्क भने एक लाख ६५ हजार रुपैयाँ बुझाउन पर्छ ।
इजरायलले पहिलो चरणमा एक हजार नेपाली श्रमिक लैजाने छ । जसमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषहरूका लागि आवेदन खुला गरिएको छ ।
कमाइ र कार्य स्थलको हिसाबले इजरायल दक्षिण कोरियाभन्दा पनि आकर्षक गन्तव्य हो ।
इजरायल रोजगारीको लागि आवेदन दिनेहरूका लागि विभागले विभिन्न मापदण्डहरू तोकेको छ । निवेदन दिन इच्छुक व्यक्ति २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्छ
१.५ मिटर उचाइ र कम्तीमा ४५ केजी तौल आवश्यक पर्छ । अङ्ग्रेजी भाषाको ज्ञान भए इजरायलको स्थानीय भाषा अनिवार्य छैन ।
कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमएसम्बन्धी विषयको कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी तीन महिनाको तालिम प्राप्त गरेको हुन आवश्यक छ ।
इजरायलमा काम गरी फर्केका र बाबुआमा, पतिपत्नी, छोरा वा छोरी इजरायलमा बसोबास वा काम गरेकाको परिवारका सदस्य भने यो प्रक्रिया मार्फत जान पाउने छैनन् ।
विभागले सूचना जारी गरेको मितिले(साउन १२ गते) २१ दिन भित्र अनलाइनमार्फत नै निवेदन दिन सकिन्छ । निवेदन दिनका लागि विभागले अनलाइन लिङ्क तोकेको छ ।
प्राप्त आवेदन र कागजातलाई छानबिन गरी विभागले योग्य देखिएका उम्मेदवारको दरखास्त स्वीकृति गर्नेछ । महानिर्देशकको संयोजकत्वमा छनोट समिति छुट्टै बनाइएको छ । विभागले नै दरखास्त स्वीकृत भएका व्यक्तिहरूको सूची तयारी गरेर छनोट समितिमा पठाउने छ । उनीहरूले अङ्ग्रेजी भाषामा परीक्षा दिन पर्नेछ । लिखित परीक्षामा उत्तीर्ण भएका व्यक्तिहरूलाई मौखिक परीक्षामा सहभागी गराइने विभागले जनाएको छ ।
सरकारी संयन्त्रमार्फत भर्ना प्रक्रिया गरिने भए पनि जाँदा लाग्ने खर्च भने श्रमिक आफैँले नै तिर्नुपर्छ । भिसा शुल्क मात्रै सम्बन्धित रोजगारदाताले दिनेछन् । हवाई टिकट शुल्क, बिमा, स्वास्थ्य परीक्षण, कल्याणकारी कोषको रकम, श्रम स्वीकृतिमा लाग्ने खर्च भने श्रमिक आफैँले नै तिर्नुपर्छ ।
इजरायल र नेपालबीच इजरायलको श्रम बजारमा नेपाली श्रमिकका लागि पुनः रोजगारी खुला गर्ने गरी गएको वर्षको सेप्टेम्बरमा अस्थायी रोजगारी सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।
इजरायल र नेपालीबीच जी टु जी प्रक्रियामार्फत श्रमिक जान पाउने भएकाले इजरायली तथा नेपाली कोही पनि म्यानपावर संस्था तथा एजेण्टको यसमा संलग्नता रहँदैन । यदि कसैले इजरायल पठाउँछु भनि विभिन्न प्रलोभन देखाएमा हुन सक्ने सम्भावित ठगीबाट बच्न इजरायलमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।
यसरी जाने कामदारको करार अवधि सुरुमा दुई वर्षको हुनेछ । त्यसपछि थप भएमा पाँच वर्षको हुनेछ । बस्नका लागि विदेशी कामदार नीति अनुसार रोजगारदाताले नै सुरक्षित र स्वच्छ आवासको व्यवस्था गर्नेछन् ।
इजरायली कानुन अनुसार नै नेपाली श्रमिकले पनि वार्षिक बिदा पाउनेछन् । इजरायलमा हप्ताको ६ दिन काम गर्न पर्नेछ । इजरायली कानुन अनुसार नै तलब भुक्तानीको व्यवस्था गरिएको छ । यदि ओभर टाइम गरेमा इजरायली कानुन अनुसार नै थप सुविधा पाइनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Iswori Neupane
July 31, 2021, 8:17 p.m.म पहिले ५ वर्ष काम गरेर क्यान्सिल आएको , फेरि एप्लाई गरम कि नाइ, कृपया जानकारी दिनुहोला /
Sushana tamang
July 30, 2021, 9:13 p.m.म प्लस २ गरको र ३ महिना तालिम लिएर बसेको बिद्द्यार्थी हुँ ,मेरो उमेर वर्षले २५ पुग्यो , तर महिनाले पुगेको छैन, अझै ३ महिना बाँकी छ,त्यसैले केहि गर्न सकिन्छ भने मलाई भन्नुस न कृपया , मा पनि इजरायल जान चाहन्छु /
nir maya lama
July 30, 2021, 8:17 a.m.I am nir maya lama from ktm now I am house wife I am 30 years old I am completely +2 level and hight 5:5 fit and white 50 kg I am completely caregifer treaning course 16 month I am ready for the this post ..I feel that is sure seresly .thanku
Simga maya Tamang
July 30, 2021, 8:12 a.m.Im interested
Phasu pun
July 29, 2021, 12:41 p.m.i am a poor family from nepal .I came from mountain region to develope my education in hilly region but i cant develope my study ..than . So i want try my best in isereal ..so i can my fulfil my home problem..
Rajesh Yadav
July 28, 2021, 10 p.m.I'm ready for the vacancy