टोकियो ओलम्पिकमा ९५ स्वर्ण पदकको छिनोफानो, जापान शीर्ष स्थानमा यथावत

 साउन १४, २०७८ बिहिबार ६:२५:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद टोकियो ओलम्पिकमा ९५ स्वर्ण पदकको छिनोफानो भएको छ । रसियन ओलम्पिक टिमसहित ३५ राष्ट्रले स्वर्ण पदक जितेका छन् । ओलम्पिकको छैटौँ दिन सकिँदा पदक तालिकामा आयोजक जापानले अग्रता कायमै राखेको छ । 

जापानले अहिलेसम्म १३ स्वर्ण र चार रजतसहित २२ पदक जितेको छ । यस्तै जापानलाई पछ्याइरहेको चीनले १२ स्वर्णसहित २७ पदक जितेको छ भने तेस्रो स्थानमा रहेकाे अमेरिकाले ११ स्वर्णसहित ३१ पदक जितेको छ।

रसियन ओलम्पिक कमिटीले सात स्वर्ण जित्दा, अस्ट्रेलियाले ६ स्वर्ण जितेको छ । त्यसैगरी बेलायतले ५, दक्षिण कोरियाले ४, जर्मनी र फ्रान्सले तीन/ तीन स्वर्ण जितेका छन् । २ स्वर्ण जित्नेमा नेदरल्यान्ड्स, क्यानडा, हङ्गेरी, स्लोभानिया र कोसोभो रहेका छन् । त्यस्तै १ स्वर्ण जित्ने राष्ट्रको सङ्ख्या २१ रहेको छ ।

टोकियो ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । एक सय मिटर फ्रि-स्टाइलमा गौरिकाले एक मिनेट दशमलव ११ सेकेन्डको कीर्तिमान बनाएकी हुन् । ओलम्पिकमा राष्ट्रिय कीर्तिमान कायम गरे पनि गौरिका अघिल्लो चरणमा पुग्न भने असफल भइन् । 

पौडीमा नेपालका एलेक्स साह पनि हिजो हिट चरणभन्दा माथि पुग्न सकेका थिएनन् । यसअघि नै जुडो र सुटिङका खेलाडी पनि प्रारम्भिक चरणबाटै बाहिरिएका थिए । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया