मानव तस्करीको अभियोगमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री ...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - घरेलु टिम श्रीलङ्काले भारतसँगको तीन खेलको टी–ट्वान्टी क्रिकेट श्रृङ्खला जितेको छ । कोलम्बोमा भएको तेस्रो तथा अन्तिम खेलमा भारतलाई ७ विकेटले पराजित हराउँदै श्रीलङ्काले श्रृङ्खला २–१ ले आफ्नो बनाएको हो ।
भारतले दिएको ८२ रनको लक्ष्य श्रीलङ्काले १४ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर भेट्टायो । श्रीलङ्काका धनञ्जय डी सिल्भाले अविजित रहँदै २३ र वानिन्दु हसरङ्गाले १४ रन बनाए । यस्तै मिनोद भानुकाले १८ रन जोड्दा अभिष्का फर्नान्डोले १२ रन बनाए ।
सादिरा राशेन ६ रनमा आउट भए । भारतका राहुल चाहरले ३ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर ८१ रन बनाएको थियो । भारतका लागि कुलदीप यादवले अविजित रहँदै २३ रन बनाए ।
भुवनेश्वर कुमारले १६ रन जोड्दा ऋतुराज गायकवाडले १४ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अङ्क जोड्न सकेनन् । श्रीलङ्काका वानिन्दु हसरङ्गाले ४ विकेट लिए भने डसुन शनकाले दुई विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।