धनकुटाको साँगुरीगढीमा भएकाे बस दुर्घटनाका घाइतेमध्ये एककाे मृत्यु

 भदौ १३, २०७५ बुधबार १९:३४:१० | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कोलबोटेमा मंगलबार बिहान भएको बस दुर्घटनामा एकको ज्यान गएको छ । 

दुर्घटनामा २६ जना घाइते भएका छन् । दुर्घटना भएको बस सुनसरीको इनरुवाबाट धनकुटाको नमस्ते झरना अवलोकनको लागि हिँडेको को. १ ख. ३५८३ नम्बरको रहेको र ब्रेक फेलभएका कारण दुर्घटना भएको बताइएको छ । 

दुर्घटनामा परी घाइते भएकामध्ये सुनसरी बारा नगरपालिका–१० का ४८ वर्षका राजेन्द्र चन्द्रवंशीको मृत्यु भएको प्रहरीले बताएको छ । 

३५ जना रहेको बसमा दुर्घटना परी घाइते २६ मध्ये ३ जनाको अवस्था गंम्भीर रहेको    प्रहरीले बताएको छ । विहान करिव ११ बजे भएको दुर्घटनामा परेका ९ जना घाइते उपचार पछि घर फर्किसकेको र बाँकी घाइतेको धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।   

अन्तिम अपडेट: चैत १४, २०८०

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया