गुड्दै गरेको मोटरसाइकल पसलभित्र छिर्दा दुई घाइते

 भदौ १३, २०७५ बुधबार २०:९:२३ | उज्यालो सहकर्मी

खोटाङ – अनियन्त्रित भएर घरभित्र छिरेको मोटरसाइकलको ठक्करबाट खोटाङमा दुई जना घाइते भएका छन् । 

सडकमा गुड्दै गरेको बा ९६ प ५२२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पसलभित्र छिर्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल हाटडाँडाका किसन राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका टंक श्रेष्ठ घाइते भएका हुन् । 

बच्चालाई बोर्डिङ लैजाने क्रममा बुधबार बिहान हाटडाँडातर्फबाट त्रिबेणीचोकतर्फ जाँदै गरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका शंकर कटुवालले चलाएको मोटरसाइकल अनियन्त्रित हुँदा राईको पसलको ढोका फुटाउँदै घरभित्र पसेको प्रहरीले जनाएको छ । 

दुवै जना घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको आफन्तले बताएका छन् । मोटरसाइकलमा रहेका बालक पनि सामान्य घाइते भएका छन् । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया