हेल्मेट नलगाइ मोटरसाइकल चलाएका पारस शाहद्वारा प्रहरीमाथि दुर्व्यवहार

 साउन १६, २०७८ शनिबार ७:३:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पूर्व युवराज पारस शाहले महाराजगञ्जमा रहेको नारायण गोपाल चोकमा खटिएका ट्राफिक प्रहरीमाथि दुर्व्यवहार गर्नुभएको छ । 

शुक्रवार बेलुकी हेल्मेट नलगाइ मोटरसाइकल चलाएको देखेपछि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सोधपुछ गर्दै हेल्मेट लगाउन आग्रह गरेको थियो । तर शाहले कहिल्यै हेल्मेट नलगाउने गरेको बताएपछि विवाद बढेको थियो । त्यसपछि त्यहाँ थप प्रहरी पुगेको थियो । प्रहरी र शाहबीच भएको विवादको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । 

केही समयको विवादपछि प्रहरीले पारसलाई नियन्त्रणमा लिएर हेल्मेट लगाउन लगाएर मात्रै जान दिएको भिडियोमा देखिन्छ । 

अन्तिम अपडेट: पुस २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Bryan

    Aug. 4, 2021, 4:42 a.m.

    If the people who are in high rank do like that then what does normal citizens think about it. Traffic and safety rules / laws / policy/ protocol should be applied to everyone equally. “ Chetana Vaya”- Jai Prithivi Narayan

  •  0 Reply

तपाईको प्रतिक्रिया