प्रकाण्डलाई तेस्रो पटक पनि तीन दिन म्याद थप

 भदौ १३, २०७५ बुधबार २०:१०:१२ | नवदीप अजनबी
unn.prixa.net

नुवाकोट – एक्स्काभेटर जलाएको आरोपमा काठमाडौंमा पक्राउ गरी नुवाकोट ल्याइएका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई बुधबार जिल्ला अदालतले तीन दिन हिरासतमा राख्न म्याद थप गरेको छ । 

गएको शुक्रबार नुवाकोट ल्याइएको प्रवक्ता विश्वकर्मालाई आज तेस्रो पटक अनुसन्धानको लागि तीन दिन म्याद थप गरेको हो । 

गएको साउन ७ गते राति बेलकोटगढी नगरपालिका वडा नं. ९ नलगाउँमा सडक निर्माण गर्दै गरेको ठेकेदारको दुई थान एक्स्काभेटर जलाएको आरोपमा विश्वकर्मालाई मुद्धा चलाइएको छ । 

त्यस घटनामा नेत्रविक्रम चन्द्र विप्लव प्रवक्ता विश्वकर्मासहित १५ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । 

अन्तिम अपडेट: चैत १७, २०८०

नवदीप अजनबी

नुवाकोटका पत्रकार नवदीप अजनबी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया