प्रदेश १: करसम्बन्धी सैद्धान्तिक छलफल समाप्त, विषयगत समितिमा पठाउन सांसदहरुको सुझाव

 भदौ १३, २०७५ बुधबार २०:३८:३५ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ - एक नम्बर प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशसभामा पेस गरेको प्रदेश कर तथा गैर कर राजस्व उठाउने र लगाउने विधेयक माथिको सैद्धान्तिक छलफल आज सकिएको छ ।

विधेयक माथि दुइ दिनसम्म भएको छलफलमा भाग लिने सांसदहरुले प्रदेश र स्थानीय तहको कर नीतिमा एकरुपता हुनुपर्ने माग गरेका छन् । साथै त्यस विधेयकलाइ थप छलफलका लागि विषयगत समितिमा पठाउनसमेत सांसदहरुले सुझाव दिएका छन् ।

विधेयक माथिको बुधबारको छलफलमा संघीय समाजवादी फोरमका सांसद जयराम यादवले करमा एकरुपता ल्याउँदै करले हैन रहरले कर तिर्ने वातावरण बनाउन प्रदेश सरकारलाइ आग्रह गर्नुभयाे ।

सांसद यादवले कर वृद्धि गरेर जनतालाइ मारमा पारेको भनेर प्रतिपक्षीले धेरै हल्ला फिँजाए पनि कांग्रेसले नेतृत्व गरेको स्थानीय तह पनि कर वृद्धिको आरोपबाट अछुतो रहन नसक्ने बताउनुभयाे ।

त्यस्तै नेकपाका सांसद श्रीप्रसाद मैनालीले सरकारले करमैत्री वातावरण बनाउनुपर्ने साथै जनतालाई आफूहरुले तिरेको करको सदुपयोग भइरहेको छ भन्ने अनुभूतिसमेत दिलाउनुपर्नेमा जोड दिनुभयाे । साथै उहाँले ढुङ्गा, गिट्टी र वालुवाजस्ता प्राकृतिक स्राेत-सााधनको कर स्थानीय तह या प्रदेश सक्ले उठाउने यो विषयमासमेत विधेयक स्पष्ट हुनुपर्ने बताउनुभयाे ।   

अन्तिम अपडेट: फागुन ३०, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया