बाढीले रातो पुल पनि बगायो : मेलम्ची, हेलम्बु र पाँच पोखरी थाङपाल गाउँपालिकासँगको सडक सञ्जाल विच्छेद

 साउन १७, २०७८ आइतबार ८:३१:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले रातो पुल पनि बगाएको छ ।

रातो पुल बगेसँगै मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँच पोखरी थाङपाल गाउँपालिकाको सडक सञ्जाल विच्छेद भएको छ । 

मेलम्ची नगरपालिकाका दुई वटा वडा,  हेलम्बुको तीन र पाँचपोखरी थाङपाल गाउँपालिकाको दुई वटा वडा जोड्ने यो पुल बगाएसँगै ती वडामा आउजाउ गर्ने बाटो नै बन्द भएको मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले जानकारी दिनुभयो ।  यस्तै, बाढीले तीन ठाउँका सडक बगाएको पनि उहाँले बताउनुभयो । 

बाढीले सडक ध्वस्त बनाएको छ । यस अघि गएको असार १ गते आएको बाढीले सडक बगाएका केही ठाउँमा नयाँ बाटो बनाइएको थियो । तर, बाढीले त्यो पनि बगाएको मेयर अर्यालले जानकारी दिनुभयो।

बाढीले मेलम्चीमा रहेको रेडियो मेलम्चीसँगै केही घर बगाएको छ । यस्तै, हेलम्बुका तीन घर पनि बगेको छ । हेलम्बुमा ठूलो पहिरो गएर नदी थुनिँदा बाढी आएको हुन सक्ने अनुमान गरिएको छ । तर पहिरो कुन ठाउँमा गयो भन्ने यकिन छैन ।

अन्तिम अपडेट: कात्तिक ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया