नेभिगेशन

बाढीले रातो पुल पनि बगायो : मेलम्ची, हेलम्बु र पाँच पोखरी थाङपाल गाउँपालिकासँगको सडक सञ्जाल विच्छेद

काठमाण्डाै - सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले रातो पुल पनि बगाएको छ ।

रातो पुल बगेसँगै मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँच पोखरी थाङपाल गाउँपालिकाको सडक सञ्जाल विच्छेद भएको छ । 

मेलम्ची नगरपालिकाका दुई वटा वडा,  हेलम्बुको तीन र पाँचपोखरी थाङपाल गाउँपालिकाको दुई वटा वडा जोड्ने यो पुल बगाएसँगै ती वडामा आउजाउ गर्ने बाटो नै बन्द भएको मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले जानकारी दिनुभयो ।  यस्तै, बाढीले तीन ठाउँका सडक बगाएको पनि उहाँले बताउनुभयो । 

बाढीले सडक ध्वस्त बनाएको छ । यस अघि गएको असार १ गते आएको बाढीले सडक बगाएका केही ठाउँमा नयाँ बाटो बनाइएको थियो । तर, बाढीले त्यो पनि बगाएको मेयर अर्यालले जानकारी दिनुभयो।

बाढीले मेलम्चीमा रहेको रेडियो मेलम्चीसँगै केही घर बगाएको छ । यस्तै, हेलम्बुका तीन घर पनि बगेको छ । हेलम्बुमा ठूलो पहिरो गएर नदी थुनिँदा बाढी आएको हुन सक्ने अनुमान गरिएको छ । तर पहिरो कुन ठाउँमा गयो भन्ने यकिन छैन ।

प्रकाशित मिति:
थप समाज