अष्ट्रेलियासँगको टी–ट्वान्टी क्रिकेटमा बंगलादेशको ऐतिहासिक जित

 साउन २०, २०७८ बुधबार ६:३७:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – घरेलु टिम बंगलादेशले पहिलो टी–ट्वान्टी क्रिकेटमा अष्ट्रेलियालाई हराउँदै ऐतिहासिक जित निकालेको छ । ढाकामा भएको पहिलो खेलमा बंगलादेशले अष्ट्रेलियालाई २३ रनले हराएको हो ।

यसअघि बंगलादेशले टी–ट्वान्टीमा अष्ट्रेलियालाई हराउन सकेको थिएन । बंगलादेशले दिएको १ सय ३२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा अलआउट हुँदै १ सय ८ रन मात्र बनाउन सक्यो । अष्ट्रेलियाका लागि मिचेल मार्शले ४५ रन जोडे पनि टोलीलाई जिताउन सकेनन् । यस्तै मिचेल स्टार्कले १४ र कप्तान म्याथ्यु वेडले १३ रन बनाए ।

अष्ट्रेलियाका अरु खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । बंगलादेशका नासुम अहमेदले ४ विकेट तथा मुस्ताफिजुर रहमान र शोरिफुल इस्लामले २/२ विकेट लिए । सकिब अल हसन र माहेदी हसनले एक/एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो ।

बंगलादेशका लागि शकिब अल हसनले ३६ तथा मोहम्मद नाइमले ३० रन जोडे । अष्ट्रेलियाका जोस हाजलउडले ३ विकेट, मिचेल स्टार्कले २ विकेट लिए । एडम जाम्पा र एन्ड्रयु टाईको नाममा एक/एक विकेट रह्यो । जितसँगै बंगलादेशले पाँच खेलको श्रृंखलामा १–० को अग्रता बनाएको छ । दोस्रो खेल आज बेलुका पौने ६ बजे हुनेछ ।

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया