नेभिगेशन
शनिबार, भदौ २७, २०८३

जापानबाट एस्ट्राजेनेका खोप शनिवार र आइतवार काठमाण्डौमा ल्याइने

काठमाण्डौ - जापान सरकारले नेपाल सरकारलाई उपलब्ध गराउने १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये ८ लाख डोज खोप पर्सि शनिवार र आइतवार काठमाण्डौ ल्याइने भएको छ ।

आज र भोलि जापानबाट ती खोप ढुवानी हुने काठमाण्डौमा रहेको जापानी दूतावासले जनाएको छ ।  दुई दिनमा ८ लाख डाेज खोप आउने खोप शाखा प्रमुख झलक शर्मा गौतमले उज्यालोलाई जानकारी दिनुभयो । 

भारतमा निर्मित कोभिसिल्डको पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेका ज्येष्ठ नागरिकलाई यो खोप दिने सरकारको तयारी छ। 

कोभिसिल्डको पहिलो डोज लगाएका ६५ वर्षभन्दा माथिका झण्डै १४ लाख ज्येष्ठ नागरिक दोस्रो डोजको पर्खाइमा रहेका छन् । 
 

प्रकाशित मिति:
थप समाज