पूजाकाे अर्धशतक, नेपालले दियाे नेदरल्यान्ड्सलाई १ सय ४६ रनकाे...
माघ २३, २०८१ बुधबार
काठमाण्डौ - जापान सरकारले नेपाल सरकारलाई उपलब्ध गराउने १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये ८ लाख डोज खोप पर्सि शनिवार र आइतवार काठमाण्डौ ल्याइने भएको छ ।
आज र भोलि जापानबाट ती खोप ढुवानी हुने काठमाण्डौमा रहेको जापानी दूतावासले जनाएको छ । दुई दिनमा ८ लाख डाेज खोप आउने खोप शाखा प्रमुख झलक शर्मा गौतमले उज्यालोलाई जानकारी दिनुभयो ।
भारतमा निर्मित कोभिसिल्डको पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेका ज्येष्ठ नागरिकलाई यो खोप दिने सरकारको तयारी छ।
कोभिसिल्डको पहिलो डोज लगाएका ६५ वर्षभन्दा माथिका झण्डै १४ लाख ज्येष्ठ नागरिक दोस्रो डोजको पर्खाइमा रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।