क्यूआर कोडसहितको खोप प्रमाणपत्रका लागि अनलाइनबाट पनि आवेदन दिन सकिने

 साउन २१, २०७८ बिहिबार ८:४५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - वैदेशिक रोजगारीमा जाने नागरिकले क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्रका लागि अनलाइनबाट पनि आवेदन दिन सक्ने भएका छन् ।

वैदेशिक रोजगारीमा जाने सबैले अनिवार्यरूपमा विद्युतीय खोप प्रमाणपत्र लिनुपर्ने भएपछि यसलाई व्यवस्थित गर्न अनलाइन सेवा सुरु गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । यसका लागि https://vaccine.mohp.gov.np/public-request-form मा गएर राहदानीको सक्कल प्रमाणपत्र, सक्कल खोप कार्ड, पासपोर्ट साइजको फोटो, कबुलियतनामा लगायतका कागजातसहित आवेदन पेस गर्न सकिने छ । कबुलियतनामा 'रिक्वेस्ट फर्म"बाटै डाउनलाेड गर्न सकिन्छ, साथै फारम भर्ने ठाउँमा पनि उपलब्ध हुने विभागले जनाएकाे छ ।

तीन दिनभित्रै विदेश जानुपर्ने नागरिकले भने यसबारे फारममा उल्लेख गरी भिसा र टिकट पनि पेस गर्नु पर्नेछ । यस्ता नागरिकको हकमा विभागले द्रुत सेवामार्फत चौबीस घण्टाभित्रै  र अन्यको हकमा भने तीन दिनभित्र प्रमाणपत्र उपलब्ध गराउने जनाएको छ ।

अनलाइनबाट फारम भर्न समस्या पर्ने नागरिकले भने कीर्तिपुरमा रहेको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा आफैँ उपस्थित भएर खोप प्रमाणपत्रको लागि आवेदन दिन सक्नेछन् । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

12 Comments

  • Milan Gole

    Oct. 6, 2021, 12:42 p.m.

    Good

  •  0 Reply
  • raju mijar

    Aug. 8, 2021, 5:20 p.m.

    I want to go kuwait.

  •  0 Reply
  • Hom kumar shrestha

    Aug. 8, 2021, 4:44 p.m.

    Good

  •  0 Reply
  • Amrit Simkhada

    Aug. 8, 2021, 12:32 p.m.

    सबै भरेपनि प्रोसेस भएन , किन होला ? के भएको ??

  •  0 Reply
  • Kumar babu Shrestha

    Aug. 7, 2021, 5:50 p.m.

    एकदम राम्रो काम

  •  0 Reply
  • binod Kumar baniya

    Aug. 7, 2021, 3:12 p.m.

    binod Kumar baniya working for BK gulf

  •  0 Reply
  • Dipak sarki

    Aug. 7, 2021, 10:19 a.m.

    Hello sir, I have visa and tickets so I need vaccine verified QR code satisfaction

  •  0 Reply
  • Roshan shrestha

    Aug. 7, 2021, 5:35 a.m.

    Qr code

  •  0 Reply
  • Santosh rai

    Aug. 6, 2021, 5:37 p.m.

    मलाई क्यु आर कोडको फारम ...

  •  0 Reply
  • Rajansur Rai

    Aug. 6, 2021, 11:41 a.m.

    I needs this certificate as soon as much plz ..

  •  0 Reply
  • Bhola prasad Timalsina

    Aug. 6, 2021, 8:38 a.m.

    Thank you so much

  •  0 Reply
  • Hari khadka

    Aug. 5, 2021, 8:31 p.m.

    it's good

  •  0 Reply

तपाईको प्रतिक्रिया