कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयकाे सिफारिस

 साउन २२, २०७८ शुक्रबार १९:२८:० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा अगावै विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई खोपको माग गरी शिक्षा मन्त्रालयमार्फत स्वास्थ्य मन्त्रालयमा पत्र पठाएको तर जवाफमा जोखिम कायमै रहेकाले परीक्षाको तालिका पुनर्विचार गर्न भनिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।

परीक्षाको तालिका पुनर्विचारबारे छलफल गर्न बोर्डले भोलि शनिवार बैठक बोलाएको पनि बाेर्डका अध्यक्ष पाैडेलले बताउनुभयो । कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा यही साउन ३१ गतेदेखि सुरु गर्ने गरी परीक्षा तालिका सार्वजनिक भएको छ । 

यसअघि बोर्डले कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको जनाएको थियो । यसअघि गएको जेठ २६ गतेका लागि तय भएको परीक्षा बोर्डले स्थगित गरेको थियो ।

कोरोना सङक्रमण फैलँदै गएकाले कक्षा १२ को सहित नजिक आएका सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सिफारिस गरिएको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिनुभयो ।

 

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Bakhat Kumar b k

    Aug. 7, 2021, 11:54 a.m.

    Class12लगायत CTEVT को पनि exam cancelled गर्नु पर्छ! Health is wealth

  •  0 Reply

तपाईको प्रतिक्रिया