सरकारको 'न्यूनतम साझा कार्यक्रम' आजै सार्वजनिक गर्ने तयारी

 साउन २४, २०७८ आइतबार १२:११:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने तयारी भएको छ । न्यूनतम साझा कार्यक्रम केहीबेर अघि सत्ता गठबन्धनका शीर्ष नेता र कार्यदलका सदस्यबीच छलफल समेत भएको छ ।

बालुवाटारमा सरकारको साझा न्यूनतम कार्यक्रमको प्रतिवेदन अनुसार अगाडि बढ्ने भन्नेबारे छलफल भएको हो । साझा कार्यक्रममा मन्त्रीहरुको आचारसंहिता, सरकारका प्राथमिकता, सङ्घीयता सुदृढीकरणलगायत विषय समेटिएको छ। न्यूनतम् साझा कार्यक्रम र कार्यविधि आजै सार्वजनिक गर्ने तयारी रहेको प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयले जनाएको हो ।

कार्यदलले अस्ति प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतृत्वलाई हस्तान्तरण गरेको थियो। प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकतालाई समावेश गरिएको छ ।

प्रतिवेदनमा कोरोना विरुद्धको खोपलाई प्राथमिकतामा राखिएको छ। 
 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया