बिदाइ कार्यक्रममा निकै बेर भक्कानिए मेस्सी

 साउन २४, २०७८ आइतबार १६:२५:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – केही दिनअघिसम्म बार्सिलोनामा रहेका स्टार खेलाडी लियोनल मेस्सीको बार्सिलोनाबाट बिदाइ भएको छ । 

सम्झौता नवीकरण नभएपछि गएको बिहीवारदेखि मेस्सीले बार्सिलोना छाडेका थिए । आज आइतवार क्लबले गरेको बिदाइ कार्यक्रममा मेस्सी निकै बेर रोएका छन् । 

स्टेजमा बोल्न सुरु नगर्दै रोएका मेस्सी आफ्नो भनाइ टुङ्ग्याउने बेलासम्म पनि रोइरहे । मेस्सी रोएपछि कार्यक्रममा उपस्थित बार्सिलोनाका अन्य खेलाडी, दर्शक पनि भक्कानिएका छन् ।  

सिनियर टोलीमा १७ र समग्रमा २१ वर्षपछि मेस्सीले बार्सिलोना छाड्न लागेका हुन् । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया